परिष्कृत सुरक्षासहित सामसङको ग्यालेक्सी ए–५५ र ए–३५ सार्वजनिक

परिष्कृत सुरक्षासहित सामसङको ग्यालेक्सी ए–५५ र ए–३५ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : सामसङ इलेक्ट्रोनिक्सले परिष्कृत सुरक्षासहित नेपाली बजारमा ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको दुवै उपकरणमा सामसङ नट भल्ट जस्ता उच्च सुरक्षा सुविधाहरू राखिएको छ। 

साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बूस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरुप समायोजन हुने शानदार डिसप्ले राखिएको कम्पनीले जनाएको छ।

सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, 'हामीले ग्यालेक्सी ए सिरिज मार्फत हाम्रा नवीनतम प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं। ताकी धेरैले यसको सुविधाहरूको आनन्द लिन सकुन्। यस वर्ष ग्यालेक्सी ए सिरिज भित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं। यस लाइनअपमा पहिलो पटक सामसङ नक्स भल्ट प्रस्तुत गर्दैछौं। ग्यालेक्सी ए सिरिजका प्रयोगकर्ताहरूलाई सुरक्षित र निरन्तररूपमा असाधारण मोबाइल अनुभवहरू प्रदान गर्न पाउँदा हामी गर्व गर्छौं।'

अत्याधुनिक सुविधाहरू भरिपूर्ण भए पनि Galaxy A55 5G र Galaxy A35 5G ले प्रतिस्पर्धी मूल्य बिन्दुमा उच्च प्रविधि उपलब्ध गराउने सामसङको प्रतिबद्धता छ। 8/128GB को उच्च प्रविधि प्रदान गर्दै Galaxy A35 5G को प्रतिस्पर्धी मूल्य रु. ४६,९९९ र 8/256GB को प्रतिस्पर्धी मूल्य रु. ५१,९९९ निर्धारण गरिएको छ। 

यसैगरी 8/256GB को उच्च प्रविधि प्रदान गर्दै Galaxy A55 5G को बजार मूल्य रु. ६२,९९९ र 12/256GB को प्रतिस्पर्धी मूल्य रु. ६७,९९९ निर्धारण गरिएको छ। यी फोनहरुमा 25W को सकली सामसङ चार्जर पनि निःशुल्क प्रदान गरिनेछ। 

ग्राहकहरुले Galaxy A55 5G र Galaxy A35 5G इन्स्टा फाइनान्समा सरल किस्तामा शून्य प्रतिशत ब्याजमा पनि खरिद गर्न सक्नुहुनेछ, जसको लागि ग्राहकले आफ्नो नागरिकता मात्र ल्याए पुग्छ। यसले प्रयोगकर्ताका लागि यो सेवा अझ सरल बनाएको छ।

इन्स्टा फाइनान्सको साथै ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ लिन सक्नेछन्। यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्यांकनमा थप २ हजार ५०० बोनस पाउनेछन्। सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा १ हजार ५०० बोनस पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.