भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुई जनालाई नियन्त्रणमा लिन पाँच राउन्ड गोली प्रहार

भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुई जनालाई नियन्त्रणमा लिन पाँच राउन्ड गोली प्रहार
सुन्नुहोस्

मलंगवा : भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुई भारतीयलाई पाँच राउन्ड गोली प्रहार गरेर पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतका बिहार प्रदेश, जिल्ला सीमामढी, थाना सैयारा, ग्राम सैयाराका २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपराका २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन्। 

सोमबार राति नै पक्राउ गरिएको भए पनि मलंगवा ल्याउँदै गर्दा बसबरिया गाउँपालिका-६ पोखरियाबाट ७ सय मिटर अगाडि प्रहरीको भ्यानबाट राउत भाग्न सफल भएका थिए। भाग्दै गरेका राउतलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चाइनिज पेस्तोल टाइप ५४ बाट फायर गरेका थिए। 

प्रहरीले ५ राउण्ड फायर गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताएका छन्। राउतको बाँया घुडा र दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको छ । उनलाई लखट्ने क्रममा २ प्रहरी जवान रमेश विक र दिपेश चौहान समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका राउतको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

बरहथवा नगरपालिका-६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुई भारतीय डाँकालाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुलाई स्थानीय रामटहल महतोको घरमा डेरा गरी बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो। पक्राउ गर्न महतोको घरमा पुग्ने बित्तिकै उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए। 

उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको ९ एम.एम.का एक थान पेस्तोल, त्यसमा लाग्ने म्यागजिन एक थान, ६ राउण्ड गोली र फायर गरिएको एक थान खोका बरामद गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट बी आर ०६ ए यु २०१८ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरेको छ। पक्राउ परेका सिंह र राउतमाथि भारतमा कर्तव्य ज्यानका ३, ज्यान मार्ने उद्योगका एक र लागूऔषधका एक गरी ५ वटा मुद्दा रहेको प्रहरीले बताएको छ। उनीहरू भारत तथा नेपालमा बैंक तथा सहकारी संस्था लुटपाटमा पनि संलग्न भएको आशंका गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.