साथीको हत्या गरी फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

साथीको हत्या गरी फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आफ्नै साथीको हत्या गरि फरार रहेका एकजनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै २०५९ साल असोज १४ गते संजय शाहीलाई हत्या गरि फरार रहेका सोलुखुम्वु घर भएका तिखे भन्ने तेज बहादुर राईलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

 काठमाडौंको मरुढोका इनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र शाहीको हत्या भएको थियो । फलामको रडले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेका राइलाई चैत्र ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसीले जानकारी दिए।

त्यस्तै प्रहरीले मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका योजनाकार सविता थापा अधिकारीलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको डीएसपी सुरक्षा केसीले बताए । घटना सबिता थापा (अधिकारी) भन्ने सोभिता थापाको योजनामा भएको उनले जानकारी दिए।

उक्त घटनामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.