साइबर अपराधको अनुसन्धान र कारबाहीमा समस्या

साइबर अपराधको अनुसन्धान र कारबाहीमा समस्या
सुन्नुहोस्

परासी : पछिल्लो समय नवलपरासीमा साइबर अपराधका घटना बढी रहेका छन् । घटनासँगै उजुरी दिनेको संख्या पनि उत्तिकै बढेको छ । तर, प्रविधि र प्राविधिक जनशक्तिका कारण भने अनुसन्धान र कारबाहीमा समस्या आउने गरेको प्रहरीले जनाएको छ ।

 साइबर अपराधसम्बन्धीको अनुसन्धान र अन्य उजुरी केन्द्रीय साइबर ब्युरोबाट हुँदै आएकोमा अहिले जिल्ला तहलाई पनि अख्तियारी दिइएको छ । तर जिल्ला तहमा साइबरसँग सम्बन्धित प्रविधि र प्राविधिक नहुँदा अनुसन्धानमा कठिनाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराको भनाइ छ । 

जिल्लामा चालु आवमा ९६ वटा साइबर अपराधसम्बन्धीका उजुरी परेका छन् । जसमा सबैभन्दा बढी फेसबुक ह्याक गरी व्यक्तिको अश्लिल भिडियो अपलोडका छन् । दोस्रोमा धम्कीपूर्ण पोष्ट, तेस्रोमा फेक आइडी बनाएर पैसा माग्ने र चौथोमा एक अर्काको तस्बिर जोडेर अश्लिल भिडियो अपलोड गर्ने सम्बन्धीका उजुरीहरू रहेका छन् । तिमध्ये करिब २५ वटा समाधान भएको डीएसपी बोहराले जानकारी दिए । परिचय खुलेकाहरूको जिल्लामा बोलाएर त्यस्ता आइडी निस्कृय पारेको र परिचय खुल्न नसक्नेहरुको साइबर ब्युरोमार्फत समाधान गरिएको उनले जानकारी दिए । 

‘अहिले विभिन्न सामाजिक सञ्जालहरु सञ्चालनमा छन् । तिनका सम्पर्क कार्यालय नेपालमा छैनन्,जसले गर्दा डाटा संकलन गर्न समस्या छ । अर्को प्रविधि र प्राविधिक पनि नभएका कारण आएका उजुरीहरुलाई समयमै समाधान र कारबाही गर्न कठिनाइ छ । त्यसबाहेक पनि साइबर अपराधसम्बन्धीको हद म्याद ज्यादै कम रहेकाले पनि समस्या भएको छ,'साइबर अपराध घटनाको नियन्त्रण र अनुसन्धानमा देखिएको समस्या सुनाउँदै डिएसपी बोहरा भने,' साइबरसम्बन्धी मुद्दाको हदम्याद ३५ दिन छ । 

सम्बन्धित साइटका कार्यालयहरू नभएकाले ब्यूरोमार्फत डाटासम्बन्धी जानकारी लिएपछि मात्र मुद्दा दर्ता गर्नुपर्ने अवस्था छ ।  हदम्यादको समय बढाउन सके अनुसन्धानमा केही सहज हुने थियो,'डिएसपी बोहराले भने।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.