असीना पीडित धान किसानलाई नगद राहत
स्याङ्जा : पुतलीबजार नगरपालिकाले असिना प्रभावित धान किसानलाई राहत रकम उपलब्ध गराएको छ। असिनापानीबाट धानबालीका क्षति पुगेका किसानलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो। राहत बापत नगरपालिकाले कूल ४ लाख ८३ हजार नगद किसानका हातहातमा हस्तान्तरण गरेको छ।
पुतलीबजार नगरपालिका ५ पौवेगौडे र ९ कोल्माकागरी एक सय ३२ जनालाई नगरपालिका स्तरीय विपद ब्यवस्थापन कोषमार्फत राहत उपलब्ध गराएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। प्रमुख एवं विपद ब्यवस्थापन समितिका अध्यक्ष रेग्मीका अनुसार, ‘पौवेगौडेका ७८ किसान र कोल्माका ५४ किसान परिवारले ९ सय ७५ देखि १५ हजार रुपैयाँसम्म राहत बापतको रकम पाएका हुन्।’
पौवेगौडेमा २ सय ४६ रोपनीमा र कोल्मामा एक सय ८७ रोपनी क्षेत्रफलमा लगाइएको धान बालीको क्षति वापत रकम उपलब्ध गराइएको उपप्रमुख देवी अर्यालले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)