सचिवमा चुडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले सहसचिव चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।
सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।