मेटलाइफ नेपालको ‘लेगेसी ट्रीज’ कार्यक्रम घोषणा

मेटलाइफ नेपालको ‘लेगेसी ट्रीज’ कार्यक्रम घोषणा
सुन्नुहोस्

काठमाडौं : मेटलाइफ नेपालले आफ्नो ‘लेगेसी ट्रिज’ कार्यक्रमको सुरु भएको घोषणा गरेको छ। कार्यक्रम अनुसार कम्पनीले जीवन बिमा मृत्युदाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने छ।

रुखले बिमितको स्मृतिलाई सम्मान गर्ने र वनविनाशको लडाइँ, सफा हावा, जनावरहरूको लागि बासस्थान र भूमि संरक्षण गर्ने कम्पनीले जनाएको छ। जीवन बिमा दाबी भुक्तानी गरेपछि कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने र पत्र प्रदान गरिनेछ बताउँदै मृतकलाई सम्मान गर्ने र कार्यक्रमअन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पुर्‍याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने जनाएको छ।

आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गर्नेछ। २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा ७,००० रुख रोपिएका छन्। जब बिरुवाहरुले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा, र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्दछ।

बाराले वन फँडानी र नदीजन्य उत्खननले पारिस्थितिकीय विनाशको चपेटामा परेको छ, जसले वातावरणीय पूर्वाधारलाई खतरामा पारेको छ। कटानले सडक र बिजुलीका पोलहरू जोखिममा पारेका छन्, जबकि बाढी र नदीको क्षतिले घरहरू, व्यवसायहरू र ताजा पानीको आपूर्तिलाई जोखिममा पारेको छ। 

लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका ७,००० रुखहरू आर्बर डे फाउन्डेसनले लगभग ७६४ मेट्रिक टन कार्बनडाइअक्साइड निकाल्ने, लगभग ३,२२० ग्यालन पानीको बहावलाई रोक्न, र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ। मेटलाइफको दिगोपन प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.