वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनेर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनेर ठगी गर्ने ५ जना पक्राउ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय पुरुषोत्तम गिरी, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ की १९ वर्षीया श्रृति शाही, काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरका ३५ वर्षीय मन्दिरा बोम्जन गुरुङ, काठमाडौं महानगरपालिका-३१ कोटेश्वरकी २६ वर्षीया अस्मिता बम र सुनसरीको भोक्राहा गाउँपालिका-४ की ३० वर्षीया अनिता कुमारी यादव रहेकी छन्।
आकर्षक तलबको प्रलोभनमा पारेर रकम लिएपश्चात सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
