नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने

नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने

काठमाडौं : नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन्।

सञ्चारकर्मीले दुई नेताबीच के-के कुराकानी भयो? भनेर सोधेको प्रश्नमा ओलीले  समसामायीक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए। दुई नेताबीच संसदमा कांग्रेसको विरोध,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो । एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको थियो।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सहभागी छन्। विप्लव गत फाल्गुन ६ गते समाजवादी मोर्चाको संयोजक चयन भएका थिए। चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाको संयोजक थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.