मुस्ताङको मार्फा खोलामा चैतमै बहाब उच्च

मुस्ताङको मार्फा खोलामा चैतमै बहाब उच्च
सुन्नुहोस्

जोमसोम : हिउँदयाम सकिएर मनसुन सुरु भएसँगै मुस्ताङको मार्फास्थित मार्फा (राज) खोलाको बहाब उच्च भएको छ। हिउँदमा निकै सानो हुने मार्फा खोला आइतबार दिउँसो खोलाको सतह बढेको हो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम राजमार्ग सडकमा पर्ने मार्फा उर्फ  राज खोलाको सतह बढेको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए। 

बर्सेनि साउन र भदौ महिनामा बढ्ने राज खोला यसवर्ष चैत महिनामा बढेको उनले बताए। उनले लेदो र गेग्रानसहित खोलाको सतह वृद्धि भएको जानकारी दिए। यद्यपि अहिले सम्म खोलाले धार परिवर्तन नगरेको स्थानीय लालचनको भनाइ छ। खोलाको सतह बढेपछि जोमसोमबाट बेनी र बेनीबाट जोमसोम आउने सवारीलाई समस्या उत्पन्न भएको बताए। ‘अहिलेसम्म खोला बढे पनि खोलाले धार परिवर्तन गरेको छैन, धार परिवर्तन भयो भने त सवारी साधन  तथा पैदलयात्रीलाई आउजाउमा समस्या हुन्छ।

मार्फामा राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिरहेको छ। मार्फा र छुसाङमा गरी २१ करोड लागतमा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ एण्ड ठोक्कर ईमोटल जेभी कन्टक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो।

तर, साढे २ वर्षमा सक्नु पर्ने पक्की पुल निर्माण कम्पनीको ढिलासुस्तीले अझै पुल निर्माण हुन सकेको छैन। हाल त्यहाँ ३ स्पानमध्ये २ स्पानको स्ल्याप ढलान भएको छ। आयोजना अन्तर्गत मार्फा खोलामा ३ स्पानको १२० मिटर पक्की पुल निर्माणाधीन अवस्थामा छ। छुसाङमा ३ स्पानकै ९० मिटरको पुल निर्माणाधीन अवस्थामा छ। मुस्ताङको मार्फा खोलामा पक्की पुल निर्माणमा विलम्ब हुँदा त्यहाँ बर्खायाममा सवारी साधनलाई निकै समस्या हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.