ललित राजवंशीले लिए दोस्रो विकेट
काठमाडौं : आयरल्यान्ड ‘ए’ (वुल्भ्स)विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। टस हारेर पहिले बलिङ गरेको नेपालका लागि ललित राजवंशीले दोस्रो विकेट लिएका हुन्।
चौथो ओभरको अन्तिम बलमा राजवंशीले आयरल्यान्डका केड कारमाइकललाई आउट गराएका हुन्। उनले १२ बलमा ८ रन बनाएका थिए।
त्यस अगाडि करण केसीले दोस्रो बलमै आयरल्यान्डका मार्क रिचर्ड एडेयरको विकेट लिएका हुन्। उनी ४ रन बनाएर बाहिरिए।
सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन्। नेपालले आजको खेलमा अनिल कुमार शाह, विवेक यादव, आकाश चन्द र प्रतिश जि.सी, लाई बेञ्चमा राखेको छ ।
नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्न लागेको छ। त्यसपश्चात भारतमा हुने फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालले पहिलो खेल गुजरातसँग चैत्र १८ र चैत्र २१ गते, बरोडासँग चैत्र २० र चैत्र २३ मा बरोडासँग खेल्नेछ। फाइनल खेल चैत्र २५ हुने बताइएको छ। सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।