कोशी प्रदेशसभा विघटन हुँदैन

कोशी प्रदेशसभा विघटन हुँदैन
फाइल तस्बिर।
सुन्नुहोस्

करिब २१ दिनअघि नेपालको राजनीतिले एउटा छुट्टै कोर्स तय गर्‍यो। कांग्रेस माओवादीसहितका दलहरूबीच बनेको अपवित्र गठबन्धन भत्कियो, जुन देशको हितका लागि थिएन र मुलुकको समृद्धिको पक्षमा थिएन। केबल एमाले सिध्याउन बनेको सरकार थियो। त्यसलाई हामीले भत्काउने जमर्को ग¥यौं। र, भत्कियो पनि। अब देश विकासको संकल्प बोकेको नयाँ गठबन्धन बनेको छ। यसले मुलुकलाई समृद्धितर्फ लैजान्छ। नयाँ सत्ता समीकरणसँगै यतिबेला संघीय सरकार र सातवटै प्रदेश सरकारका जग हल्लिन थालेको छ। 

समीकरण बदलिरहँदा कोशी प्रदेशको नेतृत्व गठबन्धन दलबाटै हुन्छ। नयाँ गठबन्धनको बहुमतको सरकार केही दिनभित्रै बन्छ। सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने यसअघि नै व्याख्या गरिसकेको छ। प्रदेशसभा विघटनको हल्ला मात्र हो। सरकार गठनको विकल्प हुन्थेन भने विघटन हुनु स्वाभाविक थियो। तर, अहिले त्यस्तो अवस्था छैन। गठबन्धनको भारी बहुमत छ। त्यसकारण नयाँ सरकार बन्छ। 

न्यायालयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद् विघटन हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन। केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बने पनि बहुमतको सरकार बनाउन संविधानले मार्गप्रशस्त गरेको छ। मार्गप्रशस्त गर्न अहिलेको सरकारका लागि राजीनामा नै उपयुक्त विकल्प हो। यदि त्यसो हुन सकेन भने हामी न्यायालय जान्छौं। तर, मलाई लाग्छ त्यहाँ पुग्नुपर्ने अवस्था आउँदैन। किनभने  यो सरकार हामीले नै बनाएका हौं। त्यसैले मार्ग प्रशस्त गर्नेमा ढुक्क छु। यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै कोशी प्रदेश सरकारको नेतृत्व गठबन्धनभित्रबाट नेकपा एमालेले गर्छ। यो विषयमा केन्द्रीय नेतृत्वबीच भद्र सहमति पनि भएको हो। कोशी प्रदेशको शक्ति सन्तुलनका हिसाबले पनि एमाले ठूलो दल हो। यस हिसाबले पनि हामी ढुक्क छौं। 

(कार्की, कोशी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.