रुपन्देहीमा २७ लाखको अवैध सामान बरामद

रुपन्देहीमा २७ लाखको अवैध सामान बरामद
सुन्नुहोस्

बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याएका १७ लाख ५४ हजार ३ सय ७४ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

बुधबार जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए। 

बरामद गरिएका सामानहरु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया, राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको उनले बताए। 

प्याज, कोल्ड ड्रिंक्स, चिनी, अबिर रंग तथा पिचकारी, कपडा, बोइलर कुखुरा, माछा, चुरोट, कोलगेट लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। भारतीय सीमा नाकाबाट चोरी पैठारी गरेर अवैध सामान भित्र्याउनेहरूलाई प्रहरीले दिनहुँ पक्राउ गरिरहेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.