अभिभावकीय कला

अभिभावकीय कला

बालबालिकाको उज्ज्वल भविश्य सुनिश्चित गर्नका लागि आवश्यक पालन–पोषण, सल्लाह, मार्गदर्शन, आवश्यक सहयोग गर्ने तर निर्णय लिन उनीहरूलाई नै दिने जस्ता कार्यलाई कलात्मक तरिकाले गर्नुपर्छ। बालबालिकामा सकारात्मक व्यवहार निर्माण गर्ने व्यक्ति अभिभावक हो। अभिभावकले गर्ने यस्तो कार्यलाई अभिभावकीय कला भनिन्छ। सही मार्ग, उपयुक्त सुझाव, आवश्यक सहयोग जस्ता कार्यलाई कलात्मक तरिकाले प्रयोग गरी सकारात्मक तथा चाहेको व्यवहार निर्माण गर्ने कार्य नै अभिभावकीय कला हो। बालबालिकामा समाजले चाहेको व्यवहार निर्माण गरी उज्वल भविष्य सुनिश्चित गर्नु नै अभिभावकीय कला हो।

अभिभावकले बालबालिका प्रति विशेष ध्यान दिनु पर्ने धेरै पक्षहरू छन्। बालबालिकाले सोधेका सबै प्रश्नका उत्तर दिनु प्रयास गर्नु महत्वपूर्ण पक्ष हो। विभिन्न चरणहरूमध्ये बाल्यवस्था महत्वपूर्ण मानिन्छ। किनकि सामाजिक, संवेगात्मक, संज्ञानात्मक आदि पक्षको दृष्टिकोणले पनि यो अवस्था आधारशीला अवस्था हो। यस अवस्थाका बच्चाहरूमा देखिएका सामाजिक व्यवहार पछिसम्म रहिरहन्छन्। त्यस व्यवहारलाई परिवर्तन गर्न कठिन हुन्छ। त्यसैले बालबालिकाले सोधेका सबै प्रश्नका उत्तर दिने प्रयास गर्नुपर्छ।

अभिभावकले बालबालिकाको स्वास्थ्यप्रति ध्यान दिनु पर्छ। बालबालिकाहरूको मांशपेसी, हाडलगायत स्नायुप्रालीको विकास हुने समय हो। त्यसैले उनीहरूलाई पौष्टिक आहार खुवाउनुका साथै खेल्न, मनोरञ्जन गर्न पनि दिनुपर्छ। उनीहरूलाई प्राणघातक रोगहरूबाट बचाउनका लागि समयमा नै खोप लगाउनु पर्छ। साथै उनीहरूलाई मादक पदार्थ, लागु पदार्थ सेवनलगायत धुम्रपानजस्ता वातावरणबाट टाढा राख्नु पर्छ। बालबालिकाहरूको अप्ठ्यारो परिस्थिति तथा कठिनाइमा सहज वातावरण उपलब्ध गराएर, प्रशंसा गरेर तथा चेतावनी दिएर महत्वपूर्ण सहयोग गर्छन्।

सम्भावित दुर्घनाबाट बचाउनु पर्छ। बालबालिकाहरू चञ्चल स्वाभावका हुन्छन् त्यो स्वाभाविक क्रियाकलाप हो। उनीहरूका यस्ता कार्यलाई रोक्नुभन्दा पनि सहज वातावरण सृजना गर्ने, जस्तै धारिला सामान चक्कू, शिशाका भाँडा, औषधि, विषादीजन्य चिजहरू बालकले नभेटाउने गरी राख्नु पर्छ। साथै सवारीसाधन, डुलुवा कुकुर आदिबाट पनि सुरक्षित राख्ने गर्नु पर्छ।

प्रजातान्त्रिक वातावरण निर्माण गर्नुपर्छ। बालबालिकाहरूको चौतर्र्फी विकास हुन प्रजातान्त्रिक वातावरण आवश्यक हुन्छ। उनीहरूलाई अनुभव गर्ने बुझ्नेलगायत विविध क्रियाकलाप गर्ने अवसर प्रदान गर्नु पर्छ। उनीहरूलाई दमनात्मक व्यवहार गर्नुहुँदैन। दमनात्मक व्यवहारले बालबालिकाहरूमा दया, माया स्नेह आत्मीयताको अनुभुति प्राप्त हुँदैन। उल्टो अनपेक्षित खालको सामाजिक व्यवहार हुन्छ।

यसै सन्दर्भमा, महात्मा गान्धीको भनाइलाई जोड्न चाहन्छु। उनले भनेका छन्, ‘यदि हामी यो संसारमा वास्तविक युद्ध ल्याउन चाहान्छौं भने हामीले बालबालिकाहरूबाट सुरु गर्नु पर्छ। तर, यदि उनीहरू प्राकृतिक तरिकाले वृद्धि विकास हुन्छन् भने हामीले कुनै पनि प्रकारको संघर्ष गर्नु पर्ने छैन। कुनै पनि समस्याको समाधानमा रिक्तता हासिल गर्नुपर्ने छैन।’ यस भनाइबाट पनि हामी प्रष्ट हुन सक्छौं।

सबै बालबालिका एकै प्रकारका हुँदैनन्। क्षमता, व्यवहार, आवश्यकता तथा रुचि फरक हुन्छन्। कसैको बाली प्रष्ट त कसैका अस्पट हुन्छ। कोही शारीरिक रूपमा कमजोर हुन्छन् त कोही मानसिक रूपमा कमजोर हुन्छन्। आमाबुवाले यस्ता बालबालिकालाई एक अर्कामा तुलना गरी उनीहरूको मनोबल गिराउने तथा हतोत्साहित हुने कार्य गर्नु हुँदैन। यस्तो अवस्थालाई ध्यानमा राखी उनीहरूको अवस्थालाई स्वीकार गरी आफ्नै गतिमा वृद्धि–विकास गर्ने अवसर प्रदान गर्नुपर्छ।

बालबालिकालाई विभेदको महसुस हुन दिनु हुँदैन। बालबालिकाहरूलाई लिंग, जन्मक्रम तथा शारीरिक, मानसिक अवस्थाको आधारमा बढी र कम प्राथमिकता दिनु हुँदैन। यस्ता विभेदले उनीहरूको संवेगात्मक, सामाजिक तथा मानसिक विकासमा आघात पुग्छ। यस्ता कार्यहरू हामीले थाहा नपाइ विभेद गरेका पनि हुनसक्छौं।

जीवन उपयोगी सीप सिकाउनु पर्ने अवधारणालाई आत्मसात गर्नु पर्छ। यो अवधारणा सर्वप्रथम सन् १९९९ मा अमेरिकाबाट सुरु भएको हो। बालबालिकालाई यसको सकारात्मक प्रभावको परिणामले उनीहरू विश्वव्यापी रूपमैं बदलिँदो परिस्थिति र जीवनका विभिन्न समस्याहरूसँग जुध्न सक्छन्।

अभिभावकले यस्ता सीपहरूलाई सैद्धान्तिक रूपमा तथा चर्चा गरेर मात्र हुँदैन, यसको विकासका निम्ति व्यावहारिक ढंगबाट विभिन्न परिस्थिति देखाइ प्रयोगमा ल्याउनु पर्छ। जीवन उपयोगी सीप भनेको गुणस्तरीय शिक्षाको एउटा भाग हो। यस्ता सिपले व्यक्तिगत आत्मविश्वास बढाउनुका साथै उसको कार्यक्षमता विकसित भइ जीवन पद्धतिमा नै सुधार ल्याउँछ।

विश्व स्वास्थ्य संघले जीवनोपयोगी सीपहरूलाई परिभाषित पनि गरेको छ। जीवन उपयोगी सीपहरूले व्यक्तिलाई दैनिक जीवनमा आइपर्ने समस्या र चुनौतीहरूको प्रभावकारीरूपमा सामना गर्न आवश्यक गुणहरूको विकास र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्दछ।

यसबाट पनि प्रष्ट हुन सकिन्छ कि, जीवनोपयोगी सीप भन्नाले व्यक्तिमा निहित त्यस्ता गुणहरू हुन्। जसले उसलाई विचार गर्न, निर्णय लिन विभिन्न समस्याहरूको समाधान गर्न, विभिन्न परिस्थितिमा आफूलाई समायोजन गर्ने र उपयुक्त व्यवहार प्रदर्शन गर्न सहयोग गर्छ। जसले गर्दा व्यक्तिले आफूलाई बदलिँदो परिस्थितिमा समायोजन गर्दै शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वस्थता प्राप्त गरी स्वस्थपूर्ण समुदायको सृजनामा समेत योगदान दिन्छ।

 घर नै बालबालिकाको पहिलो पाठशााला हो। अभिभावक नै सुरुका शिक्षक शिक्षिका हुन्। आफ्ना बालबालिकालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने चिन्ता सबैलाई हुन्छ। बालबालिकामा राम्रो व्यवहार निर्माण गर्न अभिभावकीय कला सहि हुनुपर्दो रहेछ। 

तर, अभिभावकसँग यस्तो ज्ञान नहुन पनि सक्छ। त्यसैले अग्रजहरूले गरेका राम्रा काम तथा इतिहासलाई पनि हेर्नुपर्छ किनकि अभिभावकीय कला सहि भए मात्र बालबालिकामा समाजले चाहेको तथा विश्वले नै चाहेको व्यवहार निर्माण गरी उज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.