गुल्मीका कृषकलाई उन्नत जातको उखुको बिउ
गुल्मी : कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बिउ वितरण गरेको छ। जिल्लाको छत्रकोट गाउँपालिका-३ छत्रकोटका तीन कृषकलाई जीतपुर ८ नामक एक टन उखुको बिउ वितरण गरिएको हो।
रैथाने परम्परागत शैलीमा खेती हुँदै आएकोमा कृषिलाई व्यावसायिक बनाउने उद्देश्यसहित पालिका भित्रका केही कृषकलाई उखुको बिउ वितरण गरिएको केन्द्रले जनाएको छ।
जीतपुर ८ नामक उखुको बिउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरेको कार्यालयले जनाएको छ। हर्दिनेटाका तीनजना कृषक देवबहादुर कार्की, सन्तोष पौड्याल र घनश्याम पन्थलाई वितरण गरिएको हो।