मकैबारीभित्र युवकको शव फेला
मलंगवा : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा मकैबारीभित्र युवकको शव फेला परेको छ।
स्थानीय रामचन्द्र साहको मकैबारीमा सोही स्थानका सीताराम साहका २० वर्षीय छोरा अरविन्द साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
शुक्रबार साँझ घरबाट निस्केका साह शनिबार बिहान मकैबारी भित्र मृत भेटिएको छ। साहको शरीरमा कुनै ठूलो चोट देखिएको छैन। कसरी मृत्यु भएको हो त्यसबारे अनुसन्धान भइरहेको छ।
साहको शवलाई पोस्टमार्टम गर्नका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !