वीरगन्जमा जथाभावी फोहोर फाल्नेबाट जरिवाना बापत २७ लाख राजश्व संकलन

वीरगन्जमा जथाभावी फोहोर फाल्नेबाट जरिवाना बापत २७ लाख राजश्व संकलन
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरूलाई कारबाही गरी १४ महिनामा २७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलेको छ। 

२०७९ पुस १७ गतेदेखि गत फागुन सम्म १४ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए। 
  

चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ८ महिनाको अवधिमा भने जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार ९०० रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको उनले बताए। उक्त अवधिमा जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी ३ सय ८० जनामाथि महानगरले कारबाही गरेको उनले जानकारी दिए। 

वीरगन्ज महानगरपालिकाले सडक, नाला वा खाली ठाउँमा जथाभावी फोहोर फाल्ने विरुद्ध २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना गर्ने  नियम सुरु गरेकोमा हालसम्म अर्थात १४ महिनामा ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको मियाँले बताए। 

‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभाबी फाल्ने प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ।’ जथाभावी फोहोर फाल्ने विरुद्ध आर्थिक जरिवाना गर्न थालेपछि शहरको सरसफाईको अवस्थामा निक्कै सुधार आएको जिकिर पनि गरे। तर आर्थिक जरिवाना गर्दा पनि जथाभावी फोहोर फाल्ने प्रवृत्ति पूर्ण रुपमा नरोकिएकाले त्यस्ता व्यक्ति वा संस्था विरुद्ध अब सार्वजनिक मुद्दा चलाउने पनि महानगरको योजना रहेको उनले बताए।

मियाँका अनुसार,वीरगन्ज शहरलाई सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा दैनिक तीन पटक सडक र नालाको सरसफाइ हुँदै आएको छ। यसका साथै वर्षा याम सुरु हुनुअघि महानगरभित्रका सबै साना–ठूला ढल र नाला सफा गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको पनि प्रमुख मियाँले बताए।

सफा, सुन्दर र वैभव वीरगन्ज बनाउने मेयर राजेशमान सिंहको चाहना र योजना रहेको सुनाउँदै मियाँले त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.