नवलपरासी प्रहरी कार्यालयमा भोजपुरी भाषाको नागरिक वडापत्रसँगै सहजकर्ता

नवलपरासी प्रहरी कार्यालयमा भोजपुरी भाषाको नागरिक वडापत्रसँगै सहजकर्ता
सुन्नुहोस्

परासी : सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासीले भोजपुरी भाषाको नागरिक वडापत्रसँगै नागरिक सहजकर्ता तोकेर नागरिकलाई सेवा दिन सुरु गरेको छ। जिल्लाका अधिकांश नागरिकले स्थानीय भाषाको रुपमा भोजपुरी बोल्दै आएका छन्। 

यसअघि रहेको नेपाली भाषाको नागरिक बडापत्रबाट नागरिकहरूले सेवासम्बन्धी जानकारी लिन समस्या भएको महसुस गरी प्रहरीले भोजपुरी भाषाको वडापत्र राखेको हो। बडापत्रमा विभिन्न ३२ वटा सेवा प्रवाहसम्बन्धी जानकारी दिइएको छ। भाषाका कारण सेवा प्रवाहमा समस्या नहोस् भनेर वडापत्रसँगै नेपाली र भोजपुरी भाषा बुझ्ने (दोभाषे) दुई जना प्रहरी जवानलाई ‘नागरिक सहजकर्ता’ तोकेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।

जिल्लामा आपसी झैझगडा, घरेलु हिंसा, लेनदेन, कुटपिटलगायत अन्य सामान्य विवादमा पनि नागरिकहरू प्रहरी कार्यालयमा पुग्ने गरेका छन्। दैनिकजसो १० देखि १२ वटा त्यस्ता प्रकृतिका उजुरीहरू आउने गरेको डीएसपी बोहराले बताए। उक्त समस्या लिएर पुग्ने अधिकांश नागरिकहरू स्थानीय भाषामा बोल्ने गरेका छन्। भाषा बुझ्न नसक्ने सम्बन्धित शाखाका प्रहरीहरूलाई पनि भाषाकै कारण सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। 

सहजकर्ताका कारण नागरिकहरूलाई मात्र होइन सम्बन्धित शाखाका प्रहरीहरूलाई पनि भाषा बुझेर सेवा दिन सहज भएको छ। जिल्लामा ७ स्थानीय तह छन्। सुनवल र बर्दघाट नगरपालिकाबाहेक ५ पालिकाका दक्षिण भेगमा छन्। सीमावर्ती दक्षिण भेगका अधिकांश स्थानीयहरू स्थानीय भाषाका रुपमा भोजपुरी बोल्दै आएका छन्। ‘भाषाकै कारण नागरिक र प्रहरीबीच हुँदै आएको समस्या पनि बडापत्र र सहजकर्तामार्फत सहज हुने छ। जसले गर्दा प्रहरीको सेवाप्रति नागरिकहरू सन्तुष्ट हुने विश्वास लिएका छौं’, डीएसपी बोहराले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.