बयालपाटा अस्पतालद्वारा १२ लाखको निःशुल्क उपचार

बयालपाटा अस्पतालद्वारा १२ लाखको निःशुल्क उपचार
सुन्नुहोस्

अछाम : सुदूरपश्चिमको दुर्गम क्षेत्रमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको बयालपाटा अस्पताल सञ्चालन भएको १६ वर्ष पुग्यो। न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पताल अछामले २०६४ सालबाट सेवा दिन सुरु गरेको हो। अहिले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालको सहकार्यमा सञ्चालित बयालपाटा अस्पतालले १६ वर्षको अवधिमा १२ लाख २४ हजार ७ सय ९२ जना बिरामीलाई सेवा दिएको छ। 

मंगलबार अस्पतालमा आयोजित गत आर्थिक वर्षको सामाजिक परीक्षण कार्यक्रममा अस्पतालको प्रगति प्रतिवेदनका बारेमा जानकारी दिँदै अस्पतालका मेडिकल निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा.मन्दिप पाठकले ५ वर्षमा ३२ हजार ५ सय ०१ सामान्य र ३ हजार २ सय २४ जटिल खालका शल्यक्रिया गरिएको बताए। गत आर्थिक वर्षमा आकस्मिक सेवामार्फत ८ हजार ५१९, मानसिक स्वास्थ सेवा २ हजार ७०५, प्रयोगशाला सेवा २ लाख १२ हजार १५५, अन्तरंग सेवा ६ हजार ३७९, दन्त सेवा ६७७, बहिरंग सेवा ५७ हजार ९७५, सामुदायिक स्वास्थ सेवा कार्यक्रममार्फत २ लाख १८ हजार ५७, जटिल खालका ७६२ र ७ हजार ७८० सामान्य शल्यक्रिया मार्फत उपचार गरिएको डा.पाठकले बताए। 

अस्पताल मार्फत साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, रामारोशन, चौरपाटी, बान्नीगढी जयगढ, र मेल्लेख गाउँपालिकामा सामुदायिक स्वास्थ कार्यक्रम सञ्चालित छ। स्वास्थयकर्मी घरभेट कार्यक्रमअन्तर्गत सामुदायिक स्वास्थ कार्यकर्ता मार्फत गर्भवती चेकजाँच, दीर्घ रोगीहरूले नियमित औषधि सेवन गरे नगरेको, ज्येष्ठ नागरिकहरू र बालबालिकाको स्वास्थ्य अवस्था, रोग नलाग्न दिनका लागि अपनाउने सावधानी, स्वस्थ खानपानको बारेमा सचेत गराउने गरेका छन्। 

गत वर्ष संस्थागत सुत्केरी हुनेको संख्या २ हजार ३ रहेको छ। घरमा सुत्केरी हुनेको संख्या ५२ रहेको छ। ६ पालिका मध्ये चौरपाटी गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या १८ रहेको छ। त्यसैगरी रामारोशन गाउँपालिकामा ११, मेल्लेख गाउँपालिकामा १०, साँफेबगर नगरपालिकामा ९ र कमलबजार नगरपालिकामा ३ जना घरमै सुत्केरी हुनेको संख्या रहेको डा.पाठकले जानकारी दिए। 

गत आर्थिक वर्षमा ८ करोड दातृ निकाय, ८ करोड सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, अछाम, बाजुरा र डोटीका स्थानीय सरकारबाट १ करोड, विभिन्न कार्यक्रमबाट ५६ लाख, अन्य १० लाख गरी १८ करोड आम्दानी तथा २० करोड खर्च रहेको छ। संस्थामा सामुदायिक स्वास्थ्य कार्यकर्ता सहित बयालपाटा अस्पतालमा १ सय ९६ जना कर्मचारी कार्यरत रहेका छन्। बयालपाटा अस्पतालको एकीकृत विद्युतीय स्वास्थ्य प्रणाली १० ठाउँमा विस्तार भएको छ।

अस्पतालमा अभ्यास गरिएको एकीकृत विद्युतीय स्वास्थ्य प्रणालीलाई कर्णाली प्रदेशका सुर्खेत, दैलेख, रुकुम (पश्चिम), कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्ला अस्पताल, सुदूरपश्चिम प्रदेशको महाकाली अस्पताल र गण्डकी प्रदेशको आम–पीपल अस्पताल गोरखामा विस्तार गरिएको छ। विगतमा वैदेशिक सहायता प्रर्याप्त र सहजै प्राप्त गर्दै आएको अस्पतालले विगत ४ वर्षदेखि भने आर्थिक संकट झेल्दै आइरहेको छ। अस्पतालका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट सुनिश्चितता नहुँदा र दातृ निकायबाट समेत बजेट कम आउन थालेपछि सेवा नै प्रभावित हुने अवस्थामा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.