प्रभु महालक्ष्मी लाइफ इटहरी शाखाको लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न
इटहरी : प्रभु महालक्ष्मी लाइफ लिमिटेड इटहरी शाखाले आज एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रम उप क्षेत्रीय कार्यलय इटहरी मा भब्यताका साथ सम्पन्न गरेको हो। कार्यक्रम मा शाखामा आवद्ध रहि काम गर्ने अभिकर्ता को उल्लेख्य उपस्थिति रहेको थियो।
शाखामा आवद्ध रहि कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गरेका उत्कृष्ट अभिकर्ता लाई ब्यवसाय वृद्धि गर्न के कस्ता रणनीति आवश्यक पर्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो। कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना,जीवन बिमाका आधारभूत सिद्धान्त ,जीवन बिमा अभिकर्ताले पालना गर्नु पर्ने विधि,काम कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमांकन गर्ने प्रक्रिया र शर्तहरू, कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कला लगायतका जीवन बिमा सम्बन्धी बिबिध बिषयमा उप क्षेत्रीय प्रमुख जगत नाथ फुयल ले सहभागी अभिकर्ता लाई प्रशिक्षण दिएका थिए।
त्यस्तै शाखाले विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरेको थियो। अन्तमा अभिकर्तालाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कुरा व्यक्त गर्दै शाखा प्रमुख सुरेन्द्र चुडाल कार्यक्रम को समापन गरेका थिए।