बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते

बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते
सुन्नुहोस्

बागलुङ : बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए।

दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको इन्सपेक्टर केसीले बताए। 

उनले घाइतेहरूको प्रहरीले उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा पठाएको जानकारी दिए। अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.