रसुवाको जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं : रसुवाको जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि पोटेबल डेन्टल एक्स-रे आरभीजी विथ ल्यापटप, २० केभीए क्षमताको जेनेरेटर, एईडी लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको सुभारम्भका अवसरमा सामग्री हस्तान्तरण गरिएको हो। नेप्लिज डक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री प्रदान गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए।
उनका अनुसार अस्पतालमा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका गरिब विपन्न परिवारले सहज रूपमा सेवा पाउने छन्। एसोसिएसनका अध्यक्ष डा सन्जीव नेपालीले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !