विराटनगरबाट तास खेलिरहेका १० जना पक्राउ

विराटनगरबाट तास खेलिरहेका १० जना पक्राउ
पक्राउ परेकाको साथबाट बरामद भएको नगद र मोबाइल। तस्बिर : अन्नपूर्ण

विराटनगर : तास खेलिरहेको अवस्थामा विराटनगरबाट प्रहरीले मंगलबार साँझ १० जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्रबहादुर सुब्बा, ५३ वर्षीय वेदनिधि दाहाल, विराटनगर-११ का ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनिष अधिकारी, ५० वर्षीय बाबुराम कट्टेल र विराटनगर-१० का ३७ वर्षीय रामबाबु राय रहेका छन्। 

वेदनिधि दाहालको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। विराटनगर-१२ स्थित दाहालको घरमा प्रहरीले मंगलबार साँझ ५ बजेतिर छापा हानेको थियो। 

पक्राउ परेकाहरुको साथबाट १ सय ५० भारतीय रुपैयाँसहित ८२ हजार ४ सय ३० रुपैयाँ नगद, १ सय ५६ पत्ती तास तथा मोबाइल बरामद भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाविरुद्ध जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.