सुनको मूल्य आज पनि तोलामा एक हजार बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार भएको छ ।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको थियो। आज एक लाख ३३ तीन सय ५० मा कारोबार भइरहेको महाशाखाले जनाएको छ।
चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएको चाँदी आज एक हजार छ सय ५० मा कारोबार भएको छ।