तरकारीको बोराभित्र लागूऔषधको तस्करी गर्ने भारतीय पक्राउ

तरकारीको बोराभित्र लागूऔषधको तस्करी गर्ने भारतीय पक्राउ

वीरगन्ज : नेपालमा प्रतिबन्धित लागूऔषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन्। लागूऔषधसहित पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर-२ का २६ वर्षीय राजकरण साह रहेका छन्। 

बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज महानगरपालिका-१५ फूलबारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए। 

तरकारीको बाराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय  पिस गरी कूल ६ सय पिस लागूऔषध बरामद गरिएको थापाले जानकारी दिए। लागूऔषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.