प्रचण्डजीले गोरखा-२ बाट राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

प्रचण्डजीले गोरखा-२ बाट राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

गोरखा : गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले संसद पदबाट राजीनामा गरेर नयाँ निर्वाचन लड्नुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनौती दिएका छन्। गृह जिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा भट्टराईले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिए।

‘प्रचण्डजीले जुन गठबन्धनबाट चुनाव लड्नुभो। अर्थात् चुनावपूर्वको जुन गठबन्धन छ। त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु त राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन,' उनले भने, ‘उहाँले गठबन्धन परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभा’छ। तिनीहरूलाई त धोका दिएको ठहर्छ। राजनीतिकरूपले पनि त्यो अनैतिक ठहर्छ। त्यस्तो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’ 

एउटा पार्टीको भोट लिएर जितेपछि त्यो अवधिसम्म धोका दिनु नहुने उनको भनाइ छ। ‘कांग्रेससँग गठबन्धन गरिसकेपछि पाँच वर्षसम्म त कमसेकम धर्म हो नि त, चट्ट छोडेर एमालेसँग जानुभयो। जान नहुने हो, जानु भयो। त्यहाँ बसिरहनु पर्थ्यो। त्यहाँ पनि बस्नुभएन। फेरि कांग्रेससँग जानुभयो। फेरि एमालेतिर जानु भयो,' उनले भने, ‘उहाँले तमासा गरिरहनुहुन्छ। फेरि उहाँलाई नै कुर्चीमा राखेर पुजेर यो देश बन्छ भनेर बस्नु मुर्खता हो। उहाँले लज्जा प्रदर्शन गरिसकेपछि म पनि पछि लागिरहन सकिनँ।’ 

चुनाव जितेर गएदेखि फर्केर नआएकाले गोरखा २ का मतदाता प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भइसकेको डाक्टर भट्टराईको आरोप छ। ‘तपाईँ बरु सरकारमा नरहे पनि निरन्तर गोरखा आइरहनुहुन्छ। तर, प्रचण्ड चुनाव जितेर गएदेखि फर्केर आएनन् भन्ने जनगुनासो छ,' भट्टराईले भने, ‘हामी टुहुरोजस्तो भयौं भनेर मसँग सधैं गुनासो गरिरहन्छन्।’

आफूले सदासयता राखेर सधैं प्रचण्डलाई सहयोग गर्ने गरे पनि प्रचण्डले आफूलाई सधैं प्रयोग गरेर फाल्ने गरेको भट्टराईको गुनासो छ। ‘प्रचण्डजीलाई सरकारको नेतृत्व गर्न दिएर कांग्रेस, एमालेसँग सहकार्य गरी शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न मैले सँधै उहाँलाई गोरखा २ छाडेको हुँ’, उनले भने, ‘प्रचण्डजीले केही असजिलो पर्‍यो कि, मलाई प्रयोग गर्नुहुन्छ। नित्तान्त आफ्नो स्वार्थका लागि मात्र मलाई प्रयोग गर्नुहुन्छ। अनि खोला तर्‍यो, लौरो  बिर्स्यो गर्नुहुन्छ। यो तमासा मैले वर्षौंदेखि हेरिरहेको छु।’ उनको अनुहार पढेर धोकाधडी प्रवृत्ति बुझ्ने उनले बताए। 

‘अहिले सुन्दैछु कुकुल्याण्डमा प्रचण्डजीको पनि नाम जोडिएको छ,' उनले भने, ‘मेरो शुभकामना छ। उहाँलाई क्यै त्यस्तो बिपत्ति आइनलागोस्, तर कुरा धेरै गम्भीर छ त्यो।’ देशलाई कंगाल बनाएर व्यक्तिगत स्वार्थका लागि राजनीति गरेका कारण नेपालका राष्ट्रपति, प्रधानमन्त्रीको अन्तराष्ट्रिय स्तरमा कुनै भाउ नभएको भट्टराईले बताए। 

‘प्रधानमन्त्री, राष्ट्रपति भएर के हुन्छ? घुइँघुई प्रहरी अघिपछि लाएर हल्ला गर्दै हिँडेर अहिले कसले टेर्छ?,' उनले प्रश्न गरे, ‘देशलाई कंगाल बनाउने अनि म नेपालको प्रधानमन्त्री हुँ भनेर हात बढाउँदा विश्वका कैयौं नेताहरूले हात मिलाउन पनि मान्दैनन्। फेरि लाज मानीमानी आफ्नो हात आफ्नै ठाउँमा ल्याएको हामीले देखेका छौं।’
 
जसरी हुन्छ कुर्सीमा बस्ने प्रवृत्तिलाई नेपालका विद्वतवर्गले पनि पुज्ने गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। ‘जसले कुर्ची भेट्टायो, त्यसलाई तपाईँहरू पनि ताली पिट्नुहुन्छ हो कि होइन? क्या गजब मान्छे, उसलाई पनि ठग्यो, उसलाई पनि झुक्यायो, सबलाई छक्याएर फेरि प्रधानमन्त्री हुनुभयो। त्यस्तो चलाख पो हुनुपर्छ तपाईँहरू नै भन्नुहुन्छ। हो कि होइन?’ दण्डित हुनुपर्नेलाई वाहवाही गर्ने प्रवृत्तिले पनि देशले दुख पाइरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.