ब्राउन सुगरसहित भारतीय कारोबारी पक्राउ

ब्राउन सुगरसहित भारतीय कारोबारी पक्राउ

झापा : सशस्त्र प्रहरीले ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बालुवाडीका २३ वर्षीय राहुल मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए।

झापा गाउँपालिका–१ सितुमारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको मोबाइल गस्ती टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा बीआर ३७ एन ५८११ नम्बरको भारतीय मोटरसाइकलमा सवार मण्डललाई शंका लागि चेकजाँच गर्दा ४८ दशमलव ५५० ग्राम ब्राउन सुगर फेला परेको  सूचना अधिकारी कटुवालले बताए।

उनको साथबाट एउटा मोबाइल र भारतीय रुपैयाँ २ सय १०० रुपैयाँ समेत बरामद गरिएको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर पुर्याउन गइरहेको अवस्थामा सशस्त्रले उनलाई पक्राउ गर्न सफल भएको हो। सशस्त्र प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद बुझाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.