झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
सांकेतिक तस्बिर

झापा : सशस्त्र प्रहरीले झापा गाउँपालिकाबाट फेरि ६३.५९ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका– ७ का २५ वर्षीय सुनिराम हेमरन र सोही ठाउँका २१ वर्षीय हिरण राजवंशीलाई पक्राउ परेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए । 

सशस्त्रले सात घण्टाको अन्तरालमा त्यहाँबाट १०० ग्राम बढी ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिसकेको छ । झापा गाउँपालिका–४ लसुनामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको चेक प्वाइन्ट टोलीले गए राति ८ बजेको समयमा पैदल आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा हेमरनले किराना सामान बोकेको झोलाबाट ६३ दशमलव ५९ ग्राम ब्राउन सुगर फेला परेको सूचना अधिकारी कटुवालले बताए । 

सशस्त्रले ब्राउन सुगरसहित पक्राउ गरेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद बुझाइसकेको छ । सशस्त्रका बिओपी टाघनडुब्बाबाट खटिएको टोलीले झापा–१ सितुमारीबाट शुक्रबार दिउँसो १ बजेको समयमा बीआर ३७ एन ५८११ नम्बरको भारतीय मोटरसाइकलमा सवार २३ वर्षीय राहुल मण्डललाई शंका लागेर चेकजाँच गर्दा ४८ दशमलव ५५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका मण्डल भारत किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बालुवाडीका बासिन्दा हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.