नागरिक उन्मुक्तिभित्र तीव्र विवाद

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम पक्षका सांसद लक्ष्मण किशोरले गरे दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम पक्षका सांसद लक्ष्मण किशोरले गरे दाबी पेस

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेताको हस्ताक्षरसहित आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।

चौधरीले पेस गरेको दाबी पत्रमा नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले हस्ताक्षर गरेका छन्।

५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका ६ (कारबाही परेकाबाहेक), कांग्रेसका १८ र एकीकृत समाजवादीका ४ सांसद रहेका छन्। तीन पार्टीको संख्या जोडेर बहुमत पुग्ने देखिए पछि नागरिक उन्मुक्ति पार्टीभित्रै तीव्र विवाद देखिएको छ।

नागरिक उन्मुक्तिभित्र तीव्र विवाद

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षबाट  प्रदेशसभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। उनले शनिबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर कैलाशलाई मुख्यमन्त्री बनाउन माग गरेकी थिइन्। प्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद मिलाएर नाम प्रस्ताव गर्न आग्रह गरेका थिए। 

'कैलाशलाई मुख्यमन्त्री बनाए पनि पार्टीभित्रको सहमति गर्नुहोला। सुदूरपश्चिममा पहिले तपाईंहरूले नै नेतृत्व गर्नुहुन्छ,' प्रधानमन्त्री दाहालले आश्वासन दिएका थिए। रञ्जिताले कैलाशको पक्षमा समर्थन जुटाउन तीव्र लबिङसमेत गरेकी थिइन्। उनले केही दिनअघि मात्र सुदूरपश्चिम प्रदेशका दलका नेता घनश्यामको जिम्मेवारी खोसेर कैलाशलाई दलको नेता तोकेकी थिइन्। तर, आफ्नै निर्णय लागू नहुने देखेपछि रञ्जिताले दलका नेता घनश्यामलाई तीन महिनाका लागि निलम्बन गरेकी थिइन्। यस विषयमा संसद सचिवालयले केही निर्णय सुनाएको छैन।

यता मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मण रेशम चौधरी पक्षका हुन्। केही दिनअघि मात्रै रेशम चौधरी र प्रदेशसभा सदस्यहरूको छलफलले लक्ष्मणलाई मुख्यमन्त्रीको रूपमा अगाडि बढाउने सहमति भएको थियो।  रेशम चौधरी निकट नेताका अनुसार एकीकृत समाजवादीले समर्थन जनाउने भएपछि लक्ष्मणले दाबी पेस गरेका हुन्। प्रधानमन्त्री दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए। तर, अन्तिममा नागरिक उन्मुक्तिले पाउने भएपछि उनीहरू पनि रुस्ट भएको स्रोतको भनाइ छ।

'गठबन्धनबाट एकीकृत समाजवादी पनि रुस्ट रहेछ। आफ्नै नेतृत्वमा सरकार बनाउन नपाएपछि बरु नागरिक उन्मुक्तिकै सरकारमा गएर भने बमोजिम मन्त्रालय लिने दाउ उहाँहरूको रैछ। त्यसमा रेशम चौधरी पनि सकारात्मक हुनुहुन्छ,'स्रोतको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.