ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुने
काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने भएको छ। कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पहिलो सडक सुरुङमार्गको २०७६ साल कात्तिक ४ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। आयोजनाको उद्धार सुरुङ(रेस्क्यू टनेल) भने गत साउनमै छिचोलिसकेको छ।
आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सुरुङ छिचोल्ने कार्यक्रम तयारी भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए। सुरुङ मार्गबाट सवारीसाधन सञ्चालन गर्न भने अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ।
यो पनि पढ्नुहोस