देउवा र नेपालबीच भेटवार्ता, सुदूरपश्चिममा सरकार गठनमा देखिएको समस्याबारे छलफल

देउवा र नेपालबीच भेटवार्ता, सुदूरपश्चिममा सरकार गठनमा देखिएको समस्याबारे छलफल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा भइरहेको समस्या ,कोशी प्रदेशमा देखिएको विवाद र पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल भएको नेपाल निकट एक नेताले जनाएका छन्।

सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे उनीहरूबीच विशेष कुराकानी भएको छलफलमा सहभागी ती नेताले बताए। गठबन्धनमा पछिल्लो सहमतिअनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाएको छ। त्यहाँ नेकपा एसले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। तर,नेकपा एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिम सरकार गठनमा फेरि खटपट आएको छ।

बुधबार बसेको समाजवादीको केन्द्रीय सचिवालय बैठकले पनि सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। एमालेले सोडारी विवादास्पद व्यक्ति भएकाले उनलाई समर्थन गर्न नसकिने प्रतिक्रिया दिएको छ। एमालेले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्रीमा दावी पेश हुन सकेको छैन।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रो पटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिदैछ। समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकाले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रोपटक सरकार आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.