दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले सहमत

दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले सहमत

धनगढी : नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन नेकपा एमाले सहमत भएको छ। यसअघि पात्र परिवर्तन गर्नुपर्ने अडान राखेको एमालेले अन्ततः सोडारीलाई नै मुख्यमन्त्री बनाउन सहमत भएको हो। 

सोडारी विवादास्पद व्यक्ति भएको भन्दै एमालेले मुख्यमन्त्री बनाउन नसकिने बताउँदै आएको थियो। गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन बालकोटले 'ग्रिन सिग्नल' दिएको बताएका छन्। 'बालकोटले यसअघि उहाँ(सोडारी)को छबिको विषयमा प्रश्न उठाउनु भएको थियो। तर, उहाँलाई नै अघि सार्ने विषयमा बालकोट कन्भिन्स हुनुभएको छ,' गठबन्धनका एक नेताले भने। 

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दोस्रोपटक दिएको समय आज ५ बजे सकिँदैछ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्ष ननिस्किएको भन्दै दोस्रोपटक सरकार गठनका लागि आह्वान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.