५० एमपी ट्रिपल क्यामेरासहितको फोन १७ हजारमै

५० एमपी ट्रिपल क्यामेरासहितको फोन १७ हजारमै
सुन्नुहोस्

काठमाडौं : सामसङले ५० एमपी ट्रिपल क्यामरा ५ हजार एमएएचको ब्याट्री र अत्याधुनिक अक्टाकोर प्रोसेसरसहितको मोबाइल फोन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको शक्तिशाली सुविधासहितको सामसङ ग्यालेक्सी एम१४ एलटीईले स्मार्टफोनको यात्रालाई अझै गति दिने कम्पनीको विश्वास छ। 

सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणय रत्न स्थापितका अनुसार सामसङ ग्यालेक्सी एम१४ एलटीई नीलो र गाढा निलो रंगमा पाइन्छ। यसको ४/६४ भेरियन्टलाई १६ हजार ९ सय ९९ रुपैयाँ र ६/१२८ भेरियन्टलाई २१ हजार ९ सय ९९ पर्छ। यी फोन मोडलहरू १८ मे देखि देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुने कम्पनीले 
जनाएको छ।

५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको उक्त फोनले २५ वाटको फाष्ट चार्जिङ सपोर्ट गर्छ। ६.७ इन्चको डिस्प्ले रहेको यो मोबाइलका साथमा चार्जिङ एडेप्टर निःशुल्क पाइन्छ। कम्पनीले यो मोबाइलमा २ जेनेरेसनका लागि ओएस अपग्रेड र ४ वर्षसम्मका लागि सेक्युरिटी अपडेटको ग्यारेन्टी लिने जनाएको छ। 

सामसङ ग्यालेक्सी एम१४ एलटीईमा अत्याधुनिक क्वालकम स्न्यापड्रयागन ६८० अक्टाकोर प्रोसेसर उपलब्ध गराइएको छ। जसले यसको सेगमेन्टमा बेग्लै मापदण्ड सेट गरेको छ। यो चिपसेटले सिमलेस मल्टिटास्किङ एक्टिभेट गर्दै अनुपम कार्यसम्पादन गर्ने छ। 

साथै, यस फोनमा गेमिङ अनुभव उच्च बनाउन थ्रीडी ग्राफिक्ससमेत राखिएको कम्पनीको भनाइ छ। एम१४ एलटीईमा पीएलएस एलसीडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ। जसले इमर्सिभ भिजुअलाइजेसन प्रदान गर्छ। यसको फराकिलो स्क्रिनले सोसल मिडिया प्रयोगकर्ताहरूका लागि फिड स्क्रोलिङ सरल हुनुका साथै मनोरञ्जनमा थप सहायता पुग्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.