तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : सरकारले लेखापरीक्षकतर्फ रिक्त सचिव पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल लेखापरिक्षण सेवा समूहिकरणको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी(सचिव) पदमा अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरको छ। त्यस्तै बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मुख्य सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायममुकायम मुकरर गरि कामकाजमा खटाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय पनि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.