तेस्रो डाँडाबजार गोल्डकप वैशाख १४ देखि

तेस्रो डाँडाबजार गोल्डकप वैशाख १४ देखि
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा वैशाख १४ गतेदेखि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ। 

आयोजक डाँडाबजार फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १४ देखि १७ गतेसम्म डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो। 

डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबका अध्यक्ष राजकुमार सुब्बाले बताए। 

हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ। 

प्रतियोगितामा आयोजक डाँडाबजार फुटकल क्लबसहित डाँगीहाट फुटबल क्लब बेलबारी, निराजन युवा क्लक धरान, रारा फुटबल क्लब, लेटाङ फुटबल क्लब, गाइघाट फुटबल क्लब उदयपुर, कोशी प्रदेश प्रहरी रानी विराटनगर, तालतलैया फुटबल क्लब गरी ८ टिमको सहभागिता रहने छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.