दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते
![दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_GNptngGTY6.jpg)
सिन्धुपाल्चोक : दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको मृत्यु भएको तथा अन्य ५२ जना घाइते भएका प्रहरीले जनाएको छ।
आज बिहान ७ बजे जन्ती बोकेर आइरहेको बस सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भिरमा खसेर दुर्घटना भएको हो।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल लगिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)