आज साँझ ६ बजेदेखि इलाम र झापाका सीमा नाका ७२ घण्टा सिल

आज साँझ ६ बजेदेखि इलाम र झापाका सीमा नाका ७२ घण्टा सिल
सुन्नुहोस्

झापा : आज  साँझ ६ बजेदेखि झापा र इलामका सीमा नाका ७२ घण्टाका सिल हुने भएको छ। छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान हुँदैछ। 

दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ।  सीमा नाका जोडिएका जिल्लाहरूमा मतदान हुने भएपछि भारतीय सुरक्षा निकायको आग्रह बमोजिम मतदानको ७२ घण्टे अघिदेखि सीमा नाका सिल गर्न लागिएको जनाइएको छ। 

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमा नाका सिल गर्न लागिएको बताए। झापा दुई वटै राज्यले छाएको जिल्ला हो।

 
आज साँझ ६ बजेदेखि जिल्लाका सबै नाका सिल गरिने बताउँदै उनले भने, ‘अत्यावश्यक काम बाहेक नाकाबाट वारपारमा पूर्ण निषेध हुन्छ, मतदानका दिन भने कुनै प्रकारको आउजाउ गर्न पाइने छैन।’ 

मतदान सकिए लगतै सोही दिन साँझ ६ बजेदेखि सीमा खुला हुने उनले बताए। अप्रिल २६ मा पश्चिम बङ्गालको दार्जिलिङसहित रायगञ्ज र बालुरघाटमा  मतदान हुन लागेको छ। त्यस्तै विहारको किशनगञ्जसहित पूर्णिया, कटिहार, भागलपुर र बाँकामा मतदान हुन लागेको जनाइएको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.