उपनिर्वाचन

पहिचानको मुद्धा कांग्रेसले सम्बोधन गर्छ : डम्बर खड्का

पहिचानको मुद्धा कांग्रेसले सम्बोधन गर्छ : डम्बर खड्का
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चुलाचुली (इलाम) : इलाम क्षेत्र नम्बर २ मा मौन अवधि सुरू हुन केही समय बाँकी रहँदा दलहरू चुनावी दौडाहामा होमिएका छन् । नेपाली कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उमेदवार बनाएको छ । खड्काले गएको निर्वाचन ११४ मतले हारेका उनी घर दैलोमा अन्तिम अवस्थामा पुगेको बताउँछन् । 

समाजसेवी छवि बनाएका उनी सबै दलमा आस्था राख्ने मतदाताले आफूलाई मतदान गर्ने दावी गर्दछन् । उनी भन्छन्,‘वाम विरासत त पहिचानवादीहरूलाई दमन गरेर र यहाँको जनतालाई पटकपटक दिएको आश्वासन पूरा नगरेर आफैले भत्काउनु भएको छ, ‘हामीले विरासत भत्काउनु भन्दा पनि जनता आफै त्यसलाई तोड्न चाहान्छन् ।’ 

खड्का भन्छन् ,‘चुनाव आउँछ नेता आउँछन् प्रतिवद्धता गर्छन् जितेर गएपछि फर्केर आउँदैनन् भन्ने गुनासो उहाँहरूको छ । त्यसैले यसपटक जनताले दल र प्रतिनिधि परिवर्तन गर्छौं भनेका छन् ।’ 

खड्काले आफू जनतासँग गठबन्धन गरेर अघि बढेको बताए । ‘गठबन्धन काठमाडौंमा भएको हो,जनताको मनसँग गठबन्धन गरेर अघि बढिरहेको छु,'उनले भने। काठमाडौंमा बनेको गठबन्धनले आफूलाई अलिकति पनि असर  नगर्ने उनको भनाइ छ ।

खड्का यस पटकको निर्वाचनमा जवरजस्त उठिरहेको पहिचानको पक्षमा कांग्रेले पहिलेदेखि नै काम गरिरहेको दावी गरे। उनी भन्छन्, ‘कांग्रेसले द्वन्द्व मेटिने पहिचान भेटिने भन्ने कांग्रेसको बटमलाइन हो । मैले एकवर्ष अघिनै नामाङको विषयमा सच्चिनुपर्छ भनेर १४ जिल्लाकै सभापतिहरूलाई इलाममा बोलाएर प्रेश विज्ञप्ति निकालेर प्रेसर दिएपछि हाम्रै मुख्यमन्त्री बनेको बेला ३ पटक वार्ता भइसकेको छ ।’ यसको अन्तिम टुंगो कांग्रेसले लगाउनेछ।  उनले कांग्रेसभित्रै बसेर पहिचान मुद्धालाई सम्बोधन हुने बताए।

उनी पहिचानको विषय एमालेले दवाउन खोजेकाले समस्या आएको बताउँछन् । अन्नपूर्णसँगको संवादमा उनले भने, ‘कसैले दमन गर्न खोजको छ त्यो हो एमाले । पटकपटक ओलीले बोलेका छन् । यसलाई सदनमा गएर पार्टीको तर्फबाट कुरा उठाउने र संशोधन गराउने काम हामीबाट हुन्छ ।’ 

विकास निर्माण र आधारभूत सेवा सुविधामा आफ्नो प्राथमिकतामा रहने खड्काले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.