बाल यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट होटल सञ्चालक पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट होटल सञ्चालक पक्राउ
सुन्नुहोस्

विराटनगर : बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले विराटनगरबाट एउटा होटलका सञ्चालकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले शुक्रबार साँझ सेडाईंलाई पक्राउ गरेको हो। 

मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोप सेडाईंमाथि लागेको छ। शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताए। 

विराटनगर–४ घर भएका सेडाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होटल सञ्चालन गरिएको घर सोडाईंको आफ्नै हो। उनले त्यहाँ लज सञ्चालन गर्दै आएका थिए। खाना र नास्ताका लागि भने भाडामा दिएको पाइएको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.