मिथ्या सूचनाको गम्भीर रोग

मिथ्या सूचनाको गम्भीर रोग

सिधाकुरा डटकममा प्रकाशित एउटा मिथ्या सामग्री व्यावसायिक पत्रकारिताको विश्वव्यापी टाउको दुखाइको पछिल्लो ज्वलन्त उदाहरण हो । गलत ढंगबाट उत्पादन गरिएको कृत्रिम अडियोका आधारमा दुई मिडिया सञ्चालक, वरिष्ठतम् न्यायाधीश, दुई वरिष्ठ कानुन व्यवसायी र एक सक्रिय पत्रकारका प्रतिष्ठामा आघात पुर्या‍एको छ । त्यसलाई तत्काल हटाउन प्रेस काउन्सिल नेपालले निर्देशन दिइसकेको छ भने नेपाल बार एसोसिएसनले यसलाई कडा निन्दा गर्दै प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता भनेको छ ।

सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ‘४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टिङ  अपरेसन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्‍वर थापा पनि जोडिए’ शीर्षकमा अतिरञ्जित सामग्री प्रसारण गरेको थियो । त्यसमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराई, अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ताद्वय हरि उप्रेती र किशोर विष्टको नाम जोडेर किर्ते अडियो बनाइएको थियो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अप्रमाणित, अप्रसोधित र मिथ्या सूचनाको बाढी लाग्न थालेको छ । प्रेस स्वतन्त्रताका नाममा राज्यका कानुन, नियम र आचारसंहितासमेत यस्ता क्रियाकलापमा भुत्ते हुने गरेका छन् । प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार हो । तर, व्यक्तिको मानमर्दन, चरित्रहत्या एवं तथ्यहीन सामग्री सम्प्रेषण प्रेस स्वतन्त्रता होइन । कानुन व्यवसायीको छाता संगठन बारको आशय पनि त्यही हो– स्वच्छन्ता कदापि स्वतन्त्रता होइन । सिधाकुराले प्रसारण गरेको सामग्रीमा प्रमाणका रूपमा प्रयोग गरिएको अडियोले स्वयं यो कति मिथ्या हो भन्ने पुष्टि गर्छ । जसलाई भेट्न लगिएको भनिएको छ, तिनीहरूकै बोली अडियोमा छैन । अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता काफ्लेसँगको संवाद भनिएको छ, त्यसमा प्रयोग गरिएको बोली उनको होइन । कर्पोरेट अफिसमा भेटिएको भनिएको छ, तर त्यहाँ पृष्ठभूमिमा साना नानी रोएको आवाज आउँछ । अख्तियारद्वारा स्टिङ अपरेसन गरिएका भनिएका व्यक्तिले आफ्ना माथिल्ला अधिकारीलाई गरेको भनेको रिपोर्टिङका क्रममा उताको बोली सुनिन्न । दुई जना मिलेर कुनै ठाउँमा बनाएको अडियोमा नाम लिएका भरमा यत्रो ठूलो अभियोग लगाइएको छ । जसमा न्यायमूर्ति, न्यायालय, मिडियाकर्मी, मिडिया हाउसदेखि कानुन व्यवसायीसम्म जोडिएको छ । 

निराधार, तथ्यहीन र नियोजित यो सामग्रीमाथि राज्यबाट छानबिन भई दोषीलाई तत्काल कारबाही हुनुपर्छ । अनि मात्र मिथ्या सूचना प्रवाहमा निरुत्साहन हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.