सडक स्तरोन्नतिका क्रममा वडाध्यक्षमाथि हातपात, दुई जना महिला पक्राउ

सडक स्तरोन्नतिका क्रममा वडाध्यक्षमाथि हातपात, दुई जना महिला पक्राउ
सुन्नुहोस्

विराटनगर : सडक स्तरोन्नतिका क्रममा विवाद हुँदा मोरङको सुनवर्षी नगरपालिका–९ का वडाध्यक्ष ध्रुवकुमार सिंहमाथि हातपात भएको छ। 

वडा कार्यालयसँगको सहकार्यमा बिर्ता–विश्वकर्मा–कुडेली सडक स्तरोन्नतिको काम अघि बढाइएपछि स्थानीय विरोधमा उत्रिएका थिए। त्यस क्रममा वडाध्यक्षसँग विवाद भएको थियो। सडक अतिक्रमण गरेर स्थानीयले बनाएका घर टहरा भत्काउन सुरु गर्नासाथ विवाद बढेर जाँदा आइतबार साँझ वडाध्यक्ष सिंहमाथि हातपात एवं दुर्व्यवहार भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सार्वजनिक सडक अतिक्रमण गरेर वनबासी ऋषिदेवले बनाएको टहरा भत्काउने क्रममा स्थानीय ५०/६० जना महिलाले अवरोध गरेका थिए। विकास निर्माणमा अवरोध नगर्न आग्रह गर्दा महिलाको भीडले वडाध्यक्षलाई हातपात एवं दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। 

वडाध्यक्षलाई अभद्र व्यवहार गर्ने दुई जना महिलालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीया निर्मला ऋषिदेव र अर्की ६२ वर्षीया निर्मला ऋषिदेव रहेका छन्। नियन्त्रणमा लिइएका निर्मलाद्वयलाई सम्झाइबुझाइ गरेर छाड्ने प्रहरीको तयारी थियो। तर, विवाद समाधान नभएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेली ल्याइएको छ। 

उनीहरुलाई वडाध्यक्षसँग सहमति गराएर छाड्ने कि मुद्दा चलाउने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन। उनीहरू विरुद्ध वडाध्यक्षले पनि जाहेरी दिएका छैनन्। डीएसपी बस्नेतले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.