अत्यधिक गर्मी बढेसँगै बुटवलका विद्यालय बन्द गर्ने निर्णय

अत्यधिक गर्मी बढेसँगै बुटवलका विद्यालय बन्द गर्ने निर्णय
सुन्नुहोस्

बुटवल : अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वार्षिक बिदाबाट कट्टी हुनेगरी बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए। 

गर्मी र तातो हावाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावनालाई मध्यनजर गरेर बिदा दिने निर्णय भएको उनले बताए। बुटवलका सामुदायिक र संस्थागत सबैमा उक्त निर्णय लागु हुने छ। बुटवल उपमहानगरपालिकामा संस्थागत ५९ र सामुदायिक ३९ गरी कुल ९८ वटा विद्यालय छन्। 

कुल ५५ हजार विद्यार्थी उपमहानगरपालिका क्षेत्रमा अध्ययनरत छन्। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा यथावत् रहेको उपमहानगरपालिकाले जनाएको छ। दुई दिनपछि मौसमको अवस्था हेरी थप बिदाको निर्णय गरिने खनालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.