नरहरीनाथका किसानलाई गोठालो भत्ता
![नरहरीनाथका किसानलाई गोठालो भत्ता](https://annapurnapost.prixacdn.net/media/albums/6311d48d-c368-452a-bd3f-1d06acf9764b_5Tq0Xi1KRT_NoFsUEFGse.jpeg)
कालीकोट : कालीकोट नरहरीनाथका किसानहरू यतिबेला खुसी छन्। नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएपछि किसानहरू खुसी भएका हुन्। चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानहरूले भत्ता पाउने भएका छन्।
नरहरीनाथ गाउपालिका वडानं. ५ का स्थानीय भद्ध सहकारीका एक सयभन्दा बढी भेडाबाख्रा छन्। उनले वर्षेनि भेडाबाख्रा बेचेरै घरपरिवार पाल्ने र छोराछोरी पढाउने गरेको बताए। 'हामी किसानलाई अहिलेसम्मका सरकारले कहिल्यै गोठालो भत्ता दिएन, तर अहिलेको सरकारले यस्तो निर्णय गर्नु राम्रो कुरा हो,' उनले भने।
उनले भने पशुपालक किसानलाई मासिक एक हजार प्रदान गरिने बताए। 'गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैंसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता उपलब्ध गराउने छौं,' उनले भने। गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)