धुलिखेल अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
![धुलिखेल अस्पतालमा इन्डोस्कोपी सेवा सुरु](https://annapurnapost.prixacdn.net/media/albums/bddedc5a-dfa4-46a6-9fda-96ee56540f59_wwoYsyFDCk_AnFNHth4CA.jpg)
दोलखा : भीमेश्वर नगरपालिका-२ दोलखाको धुलिखेल अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। शनिबार भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले इन्डोस्कोपी सेवाको सुरु गरेका हुन्।
धुलिखेल अस्पताल दोलखाले जिल्लामा गुणस्तरीय सेवा दिँदै आएको र इन्डोस्कोपी सेवाले उपचारमा थप गुणस्तरियता कायम हुने नगरप्रमुख इश्वर नारायण मानन्धरले अपेक्षा राखेका छन्।
दोलखाली जनताले अस्पतालबाट सर्वसुलभ शुल्कमा एन्डोसकोपी सेवा लिन सक्ने वातावरण बनाउन अस्पताल प्रशासनलाई नगरप्रमुखले आग्रहसमेत गरेका छन्। इन्डोस्कोपी सेवाले दुर्गमका जनतालाई उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको समेत उनले बताए।
इन्डोस्कोपी सेवाले ग्यास्ट्राइटिस, डुओडेनाइटिस, पेप्टिक अल्सर, पेप्टिक अल्सर रक्तस्राव, एच पाइलोरी संक्रमण, रक्तस्राव, ग्यास्ट्रिक क्यान्सरलगायत धेरै रोगहरूको पहिचानपछि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख डा. दीपेश ताम्राकारको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)