कश्मीरमा मूल्यवृद्धि विरोधमा प्रदर्शन : प्रहरी निरीक्षकको मृत्यु, ९० जनाभन्दा बढी घाइते

कश्मीरमा मूल्यवृद्धि विरोधमा प्रदर्शन : प्रहरी निरीक्षकको मृत्यु, ९० जनाभन्दा बढी घाइते
तस्बिर : बीबीसी।
सुन्नुहोस्

स्लामावाद : पाकिस्तान प्रशासित काश्मिरमा बिजुली र पिठोको मूल्यवृद्धिलाई लिएर शनिबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ ।

स्थानीय पत्रकार मोहम्मद जुबैर खानले बीबीसी उर्दूलाई यस हिंसात्मक झडपमा एक प्रहरीको मृत्यु भएको बताएका छन्। यस हिंसात्मक घटनामा विभिन्न क्षेत्रमा ९० जनाभन्दा बढी घाइते भएको समाचार छ ।

पाकिस्तान प्रशासित कश्मीरमा सरकारका प्रवक्ता अब्दुल माजिद खानले मिरपुर इस्लामगढमा प्रदर्शनकारीको गोलीका कारण छातीमा गोली लागेर प्रहरी निरीक्षक अदनान कुरेशीको मृत्यु भएको दाबी गरेका छन् । उनको शव जिल्ला सदरमुकाम मिरपुरमा ल्याइएको छ ।

उनका अनुसार अदनान कुरैशीले जनताको जीवन र सम्पत्तिको सुरक्षा गरिरहेका थिए । आन्दोलनकारीलाई कानुनबमोजिम कारबाही गरिने प्रवक्ताले बताए ।

मुजफ्फराबादमा पनि केही स्थानमा सानातिना झडप भएका छन्, प्रहरीले अराजक तत्वलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको उनले बताए ।

 
जम्मू र कश्मीर संयुक्त अवामी एक्शन कमिटीले मुजफ्फराबादमा लामो मार्च र धर्ना आह्वान गरेको थियो। यस समितिमा कश्मीरका अधिकांश व्यापारी वर्गका मानिसहरू समावेश छन्। यो समितिले बिजुलीको मूल्यवृद्धि र पिठोको मूल्यवृद्धिको विरोध गरेको थियो ।

उक्त आह्वानपछि स्थानीय प्रशासनले आन्दोलनकारीलाई रोक्न मुजफ्फराबाद प्रवेश गर्ने र पुग्ने सबै बाटो बन्द गरेको थियो । बुधवार–बिहीबार राति यस समितिका धेरै कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

शनिबार लङमार्चको एक दिनअघि शुक्रबार पनि समितिले सडक अवरुद्ध गर्दै पसल बन्द गर्ने घोषणा गरेको थियो । पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद, धाडियाल, कोटली र अन्य क्षेत्रहरूमा दुई दिनदेखि सामान्य जनजीवन ठप्प भएको थियो र बन्द जारी थियो। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.