आलुखेतीबाट मनग्ये आम्दानी गर्दै चन्द्रकोटका कृषक

आलुखेतीबाट मनग्ये आम्दानी गर्दै चन्द्रकोटका कृषक
गुल्मीको चन्द्रकोट गाउँपालिका–१ दिव्रुङ्ग लुग्दीमा ३४ घरपरिवारले १४० रोपनी क्षेत्रफलमा सामुहिक गरेको व्यावसायिक आलुखेती। तस्बिर : मनोज कार्की।
सुन्नुहोस्

वैशाख : पछिल्लो समय गुल्मीका ग्रामीण भेगका कृषकको व्यावसायिक आलु खेतीमा आकर्षण बढेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिव्रुङ्ग लुग्दीमा ३४ घरपरिवारले सामुहिक व्यावसायिक आलु खेती गर्दै आएका छन्। आलु पकेट विकास कार्यक्रम अन्तर्गत १ सय ५० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती गरिएको छ। 

गाउँमै महिला तथा युवालाई स्वरोगार तथा उद्यमी बनाउले लक्ष्यका साथ उक्त स्थानमा विगत दुईवर्षदेखि आलु खेती गर्दै आएको चन्द्रकोट गाउँपालिका –१  का वडाअध्यक्ष घनश्याम खरेलले जानकारी दिए।

‘विभिन्न रोजगारीको शिलशिला र विलासी जीवनयापनको सपना बोकेर शहरमा बसाइँसराइ गर्नेको संख्या दैनिक बढ्दो छ, गाउँ सुनसान मात्रै भएका छैनन् जग्गा जमिन समेत बाँझिन थालेका छन्’, वडाअध्यक्ष खरेलले भने, ‘त्यसैले ग्रामीण क्षेत्रका कृषकलाई रोजगारी सिर्जना गरी गाउँमै आत्मनिर्भर बनाउनका लागि सामुहिक आलु खेतीमा गाउँपालिकाले जोड दिएको छ।’ दिब्रुङ्ग लुग्दी गाउँमा गरिएको सामुहिक आलुखेतीबाट गत वर्ष ४० लाख रुपैंया आम्दानी गर्न सफल भएको उद्यमशील कृषक समूहका अध्यक्ष घनश्याम खरेलले बताए। आलुले राम्रो उत्पादन दिएपछि यसको खेतीबाट गाउँका कृषक सन्तुष्ट रहेको बताउँदै अध्यक्ष खरेलले यस वर्ष ५२ लाख वढीको आलु उत्पादन गर्ने लक्ष्य लिएको बताए। 

पराम्परागत शैलीमा गरिंदै आएको आलुखेती व्यावसायिक बनेको छ। यतिबेला गाउँका खेतबारी आलुले हरियाली छन्। यहाँका कृषकको दैनिकी आलुको स्यहार सम्भारमा बित्ने गरेको छ। आलु उत्पादनबाट भएको आम्दानीले घरखर्च चलाउनसमेत सहज भएको कृषक राधिका खरेलले बताइन्। ‘अघिल्लो वर्ष ढोरको आलु लिएर रोपेका थियौं,असिना पानीले हाने पनि आलु लोभलाग्दो फल्यो,’ उनले भनिन्, ‘उत्पादन भएको आलु बेचेर घरखर्च र छोराछोरीको पढाइमा सहज मात्रै भएको छैन रोजगारीको लागि श्रीमान परदेशिनु परेको छैन, त्यसैले परिवारमा खुसी साट्दै दुःख बाड्दै यो वर्ष थप आलु उत्पादन बढाउन सिंगो समूह नै लागेका छौं।’

‘आलु तरकारी तथा अन्य नास्ताको लागि बढी प्रयोगमा आउने भएकाले होला यसको बजार बढी नै माग छ। सिंचाईको कुनै समस्या छैन, आलु एकै पटक उत्पादन हुने तर सबै आलु बिक्री नहुँदा कुहिने र सड्ने हुन्छ, बरु गाउँपालिकाले कोल्डस्टोरको व्यवस्था गरिदिए हुन्थ्यो।’, कृषक खरेलले भनिन्।   

चन्द्रकोट गाउँपालिकाले आलु पकेट क्षेत्र मार्फत कृषकहरुलाई उद्यमी बन्न सघाएको छ। यहाँका कृषकले ढोरपाटनबाट आलुको बिउ लिएर सामुहिक खेती सुरु गरेका थिए। यस स्थानमा एमएस ४२ नामक उन्नत जातको आलु लगाइएको छ।  आलु पकेट विकास कार्यक्रम अन्तर्गत १८ लाख र उद्यमशीलता अन्तर्गत समूहको १३ लाख ६८ हजार गरी कूल ३१ लाख ६८ हजार लगानी भएको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए। 

दिव्रुङ्ग  आलु खेतीको लागि राम्रो र कृषकको आर्कषण बढी भएकाले  आलु पकेट क्षेत्र निर्धारण गरेर चन्द्रकोटले आलुखेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए। गाउँकै माटो पहिचान गरी माटो सुहाउँदो बाली तथा फलफुल व्यावसायिक खेतीमा गाउँपालिकाले प्राथमिकता दिइरहेको अध्यक्ष केसीले बताए। कृषिको माध्यमबाट युवालाई गाउँमै रोजगारी सृजना गरी गाउँपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पालिकाले योजना बनाएको उनको भनाइ छ।

गुल्मी जिल्लाभर ८७१ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ। गतवर्ष जिल्लामा आठ हजार एक सय मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए। कार्यालय प्रमुख भण्डारीका अनुसार अघिल्लो वर्ष दुई करोड ७१ लाखको आलु जिल्ला बाहिर निर्यात भएको थियो। जिल्लाको चन्द्रकोट, मालिका, मदाने ,सत्यवती, गुल्मीदरबार गाउँपालिका  रमुसिकोट नगरपालिका ब्यवसायिक आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.