कांग्रेसको अर्को एजेन्डा, गिरिबन्धु टी–स्टेट

कांग्रेसको अर्को एजेन्डा, गिरिबन्धु टी–स्टेट
सुन्नुहोस्

काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले झापाको गिरिबन्धु टी–स्टेटको जग्गा हिनामिना प्रकरणलाई संसद्मा एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले गिरिबन्धु टी–स्टेटको मुद्दा चर्काउने निर्णय गरेको हो। 

गिरिबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्न तत्कालीन मन्त्रिपरिषद्ले ०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससँग सम्बन्धित काम कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले पैmसला गरेको थियो। 

कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकका अनुसार गिरिबन्धु टी–स्टेटको विषय संसदीय दल बैठकमा प्रवेश भएको छ। ‘सबै कोणबाट अध्ययन गरेर धारणा सार्वजनिक गर्छाैं। संसद्मा यो विषय उठ्छ’, उनले भने।

संसदीय दल बैठकमा महामन्त्री गगन थापाले गिरिबन्धु टी–स्टेटबारे सर्वोच्च अदालतले दिएका फैसला गहिरोसँग अध्ययन गर्न आग्रह गरेका थिए। थापाको भनाइ उध्रित गर्दै कांग्रेसका एक सांसदले भने, ‘महामन्त्रीजीले सबै सांसदहरूलाई गिरिबन्धु टी–स्टेटको विषय सदनमा आवाज उठाउनुपर्ने भएकाले मज्जाले अध्ययन गरेर आउन अनुरोध गर्नुभएको छ।’ 

कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले भने, ‘यसरी स्वार्थ समूहलाई फाइदा हुने गरी कानुन संशोधन गरेर नीतिगत निर्णय गरिनु अपराध हो।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.