सम्पर्कविहीन भएका दुई भारतीय पर्यटक सकुशल उद्धार

सम्पर्कविहीन भएका दुई भारतीय पर्यटक सकुशल उद्धार
सुन्नुहोस्

जोमसोम : राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङबाट मुस्ताङतर्फ ट्रेकिङ पदयात्रा गर्दै गरेका दुई भारतीय पर्यटकको बिहीबार हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

१० जना भारतीय पर्यटक र ६ जना पथ प्रदर्शक भरियासहित १६ जनाको टोली मनाङ र मुस्ताङको सीमाक्षेत्र थोरङ्लापास हुँदै मुक्तिनाथ आउने क्रममा प्रतिकूल मौसमका कारण टोलीमध्ये २ जना भारतीय बुधबार दिउँसो सम्पर्कविहीन भएका थिए। उनीहरुको सुरक्षा निकायको समन्वयमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

काठमाडौंस्थित हिमालयन ओन्ड्रस ट्रेनिङ एजेन्सी मार्फत ७ जना पुरुष र ३ जना महिला भारतीय पर्यटकसहित १६ जनाको टोली मनाङ हुँदै मुस्ताङ झर्ने क्रममा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ मा पर्ने मनाङ र मुस्ताङको सीमाना थोरङ्लापासमा टोली मध्ये टोनी पार्रमर र अमनज्योति पार्रमर प्रतिकुल मौसमका कारण सम्पर्कविहिन भएका थिए। उनीहरू श्रीमान श्रीमती हुन्। दुवै जना भारतस्थित मुम्बईका नागरिक हुन्।

प्रतिकुल मौसमका कारण थोरङ्लापासमा सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकलाई खोजतलास गरिदिन बिहीबार बिहान ५ बजेर ३० मिनेट जाँदा इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई सूचना गरिएको थियो। 

भारतीय पर्यटक सम्पर्कविहीन भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयको कमाण्डमा ७ जनाको प्रहरी टोली , इलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको कमाण्डमा २ जना प्रहरी टोली र नारायण दल गण जोमसोमबाट खटिएको सुरक्षा टोलीले उद्धारमा खटिएको थियो। 

यसमा सुरक्षाकर्मीको टोलीसहित ट्रेकिङ पदयात्रामा सम्मिलित ३ जना पथप्रर्दशक टोली समेत उद्धारमा खटिएको थियो। सोमबार दिउँसोदेखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटकलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ स्थित थोरङ्लापासको तल टी-सपको छाप्रोमा खोजतलास गर्दा सकुशल फेला परेका थिए। 

सम्पर्कविहीन भारतीय पर्यटक श्रीमान् टोनी पार्रमर र श्रीमती अमनज्योती पार्रमरलाई प्रहरी र नेपाली सेनाको समन्वयमा त्यहाँबाट उद्धार गरी हेलिकोप्टरमार्फत काठमान्डौं पठाइएको डीएसपी पाण्डेयले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.