मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु

मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु
सुन्नुहोस्

जोमसोम  : मुस्ताङमा करेन्ट लागेर युवाको मृत्यु भएको छ। थासाङ गाउँपालिका-४ घाँसा बस्ने २१ वर्षीय युवा अमर छन्त्यालको विद्युत पोलको तारमा करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

शुक्रबार बिहानै घरबाट निस्किएर घर नजिकै केही तल बेनी-जोमसोम राममार्ग सडकको पाखोमा घाँस काट्ने क्रममा उनी करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी घाँसाको टोलीले उपचारका लागि थासाङ गाउँपालिका-३ लेतेस्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। 

करेन्ट लागेर घाइते युवाको लेते प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले करेन्ट लागेर मृत्यु भएका युवाको घटनाको विवरणसहित मुचुल्का गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए।

यता, मृतकका मामा अमिर छन्त्यालले नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रशारण लाइन असावधानीपूर्वक विद्युत पोल विस्तार गरेकाले दुर्घटना हुन पुगेको दावी गरे। ‘बिजुलीको पोलहरू होचो गरी विस्तार गरिएको छ, बिजुलीका पोलहरू व्यवस्थित रुपमा सुधार गर्नुपर्छ,’ उनले भने,‘कोप्चेपानीदेखि लेतेसम्म बिजुलीका तारहरू रुखहरूमा छुन खोज्छन्, यसले थप विद्युत जोखिम निम्त्याएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.