राडुकानुले फ्रेन्च ओपनबाट हात झिकिन्

राडुकानुले फ्रेन्च ओपनबाट हात झिकिन्
फाइल तस्बिर।
सुन्नुहोस्

 लन्डन : बेलायती टेनिस स्टार इम्मा राडुकानुले फ्रेन्च ओपन छनोटबाट हात झिकेकी छन् । सन् २०२१ को अमेरिकी (यूएस) ओपन विजेता राडुकानुले फ्रेन्च ओपनको छनोट प्रतियोगिता नखेल्ने निर्णय लिएकी हुन् । 

२१ वर्षीया राडुकानुले फ्रेन्च ओपनको छनोट प्रतियोगिताबाट किन हात झिकिन् भन्ने कुरा भने खुलाइएको छैन । फ्रेन्च ओपनको छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । राडुकानुले छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागिता नजनाउने निर्णय लिएकी हुन् । फ्रेन्च ओपन भने मे २६ बाट फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । 

क्ले कोर्टको ग्रान्डस्लामका लागि ‘वाइल्ड कार्ड’ नदिएका कारण राडुकानुले प्रतियोगिताबाट हात झिकेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत महिना म्याड्रिड ओपनको पहिलो चरणमै हार बेहोरेपछि उनले कुनै पनि खेल खेलेकी छैनन् । अर्जेन्टिनाकी क्वालिफायर मारिया लुर्डेस कार्लसँग सिधा सेटमा पराजय बेहोरेपछि राडुकानुले आफू मानसिक तथा भावनात्मक रुपमा थाकेको बताएकी थिइन् । 

‘पछिल्लो केही साता मेरा लागि निकै महत्वपूर्ण रहे । तर, आजको प्रदर्शनबाट के स्पष्ट भएको छ भने म मानसिक तथा भावनात्मक रुपमा थाकेको छु’, उनले त्यतिखेर भनेकी थिइन्, ‘म अगाडि बढ्ने कोसिस गरिरहेको छु । यो हार पनि यसको सिकाइ हुनसक्छ ।’

पछिल्लो समय राडुकानु विश्व वरीयतामा दुई सय १२औं स्थानमा छिन् । गत वर्ष खुट्टाको शल्यक्रियाका कारण तीन सय तीन स्थानमा झरेकी थिइन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.